नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु
View on original source
分类: Blend
分享
归档
点赞
बाँके । नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको १५९ औँ संस्करण आइतबारदेखि सुरु भएको छ । रामलीला शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न रामलीला सहयोगी हुने बताए। उनले रामलीला नेपालगन्जको ऐतिहासिक पहिचान बनेको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा नेपालगन्ज उपमहानगरपालिकाले आवश्यक सहयोग गर्दै आएको बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बाँके जिल्लावासी मिलेर सामाजिक सद्भाव कायम गर्न सफल हुने विश्वास व्यक्त गरे । भारतको वृन्दावनबाट राधा रमणको नेतृत्वमा आएको राम, सीता, लक्ष्मण, हनुमान र रावणसहित २५ सदस्यीय कलाकार टोलीले रामलीला मञ्चन सुरु गरेका छन् । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ः०० देखि १२ः०० बजेसम्म रामलीला मञ्चन गरिन्छ । नेपालगन्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरत मिलाप र रामको शुभ राज्याभिषेकसँगै रामलीला महोत्सव समापन हुने गर्दछ ।

(0)评论

 

关于 Cookie 的说明

Newshunt 使用必要的 Cookie 来保持您的登录状态,并记住您的语言和国家设置,以确保网站按预期运行。在您的许可下,我们还希望使用分析类 Cookie,以了解用户如何使用 Newshunt 并不断加以改进。

同意仅影响数据分析功能,欲了解更多信息,请查看我们的 隐私政策 or 条款与条件.