पश्चिमी र मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी र मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
View on original source
分类: Tourism
分享
归档
点赞
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ। सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। देशका अन्य हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

(0)评论

 

关于 Cookie 的说明

Newshunt 使用必要的 Cookie 来保持您的登录状态,并记住您的语言和国家设置,以确保网站按预期运行。在您的许可下,我们还希望使用分析类 Cookie,以了解用户如何使用 Newshunt 并不断加以改进。

同意仅影响数据分析功能,欲了解更多信息,请查看我们的 隐私政策 or 条款与条件.