९ असोज, विराटनगर । विराटनगर महानगरपालिका–३ की २४ वर्षीया ऋचा निरौला पछिल्लो ३० दिनदेखि सम्पर्कविहीन छिन्। अपर त्रिशूली–१ आयोजनामा कार्यरत उनी भदौ १० को भोटेकोशी बाढीमा परेर बेपत्ता भएकी हुन्।
आफ्नी छोरीको खबरको प्रतिक्षामा रहेका परिवारमा पुग्यो बिहीबार लोकसेवा आयोगको लिखित परीक्षामा उत्तीर्ण भएको नतिजा। लोकसेवा आयोगले बिहीबार सार्वजनिक गरेको सब-इन्जिनियर पदको लिखित परीक्षाको नतिजामा ऋचाले सफलता हासिल गरेकी हुन् ।
लिखित परीक्षाको नतिजामा उनको नाम १२ औँ क्रमसंख्यामा छ । उनले गत असार ६ गते परीक्षा दिएकी थिइन्।
ऋचा बेपत्ताको पीडामा रहेको परिवारमा उनको नतिजाले झन पीडा दियो। ६ महिनाअघि मात्रै आयोजनामा काम गर्न रसुवा गएकी ऋचाले पहिलोपटक लोकसेवा आयोगको परीक्षा दिएकी थिइन् ।
बुबा लीलाप्रसाद निरौलाका अनुसार पहिलो प्रयासमै उनले नाम निकालेकी हुन्। लीलाप्रसादका तीन सन्तानमध्ये ऋचा कान्छी हुन् ।
ऋचाको मोबाइल लोकेसन उत्तरगया गाउँपालिका–१ स्थित तिरु आधारभूत विद्यालय आसपाससम्म देखिएको थियो। त्यसपछि फोन स्विच अफ छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
(0)评论