बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण

बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण
View on original source
分类: Health
分享
归档
点赞
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा रु एक करोड ५० लाखको लागतमा स्वास्थ्य चौकी र वडा कार्यालय भवन निर्माण भएको छ । तीन तले सभाहलसहित नौकोठे भूकम्पप्रतिरोधी क्षमताको भवन आइतबार गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गरे । गाउँपालिकाको रु एक करोड ३७ लाख सहयोगमा भवन निर्माण भएको अध्यक्ष भण्डारीले बताए । स्थानीयवासीले रु छ लाख चन्दा सङ्कलन गरेर भवन परिसरमा सवारी पार्किङ र घेराबार गरेका छन् । भवन उद्घाटनका अवसरमा जग्गादाता र सहयोगीलाई सम्मान गरिएको थियो । भवन निर्माण भएको खुसीयालीमा बेगबासीले नाचगान गरेर खुसीयाली मनाएका थिए । आर्थिक वर्ष २०८०/८१ मा रु ५० लाख र २०८१/८२ मा रु ५५ लाख बजेट विनियोजन भएको वडा कार्यालय भवन योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको थियो । आर्थिक वर्ष २०८२/८३ मा विनियोजन भएको बजेटबाट रु २७ लाख ७१ हजारमा ठेक्कामार्फत तला थप गरेर सभा हल बनाएर भवनलाई पूर्णता दिइएको हो । भवनको भुँइ तलामा स्वास्थ्य चौकी र पहिलो तलामा वडा कार्यालयको सेवा सञ्चालन गरेको वडाध्यक्ष बिलप्रसाद फगामीले बताए । उनका अनुसार साबिक बेग गाविसको नाममा रहेका दुई रोपनी र स्थानीय हितमान फगामीले दान गर्नुभएको दुई आना तीन पैसा जग्गामा भवन निर्माण भएको हो । यसअघि बेग स्वास्थ्यचौकीको कच्ची भवनको साँघुरो कोठाबाट वडा कार्यालय सञ्चालनमा थियो । आफ्नै सुविधायुक्त भवनबाट सेवा प्रवाह गर्न सहज भएको वडाध्यक्ष फगामीले बताए । नयाँ भवनमा वडाध्यक्ष, सचिव, सदस्य, प्रशासन, बैठक कक्ष, भण्डारण कक्ष छन् । आठवटा वडा रहेको रघुगङ्गाको यसअघि वडा नं ५ झिँ, वडा नं २ भगवती, वडा नं ६ पाखापानीको कार्यालय भवन निर्माण भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताए । वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमङ्गलेको वडा कार्यालय पुराना भवनबाट सञ्चालनमा छन् । मौवाफाँटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन छ । चालु आवमा दग्नाममा ४ नं वडाको कार्यालय भवन निर्माण गरिने र पिप्लेको वडा कार्यालय भवनलाई तालिम केन्द्रमा स्थानान्तरण गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए। उनले जग्गा प्राप्ति प्रक्रियापछि गाउँसभाको निर्णयअनुसार बेगमा पाँच शय्या क्षमताको अस्पताल निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे ।

(0)评论

 

关于 Cookie 的说明

Newshunt 使用必要的 Cookie 来保持您的登录状态,并记住您的语言和国家设置,以确保网站按预期运行。在您的许可下,我们还希望使用分析类 Cookie,以了解用户如何使用 Newshunt 并不断加以改进。

同意仅影响数据分析功能,欲了解更多信息,请查看我们的 隐私政策 or 条款与条件.