सप्तकोशी अनुगमनमा पुगे मुख्यमन्त्री कार्की, सतर्कताको आह्वान

सप्तकोशी अनुगमनमा पुगे मुख्यमन्त्री कार्की, सतर्कताको आह्वान
View on original source
زمرہ: سیا حت
شیئر کریں
آرکائیو
پسند کریں
विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएपछि त्यसको अनुगमनका लागि शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की कोशी ब्यारेज पुगेका छन् । अहिले कोशी नदी तटीय तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। कोशी ब्यारेजमा साँझ ६ बजेर १५ मिनेट जाँदा गरिएको मापनअनुसार नदीमा २ लाख ७० हजार क्युसेक पानीको बहाव रहेको छ। पानीको सतह निरन्तर बढ्दो क्रममा रहेकाले अवस्थालाई खतराको तहमा राखिएको छ। बढ्दो जलसतहलाई व्यवस्थापन गर्न कोशी ब्यारेजका ३६ वटा ढोका खोलिएका छन्। नदीको बहाव अझै बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारमा नजान, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सुरक्षित स्थानमा राख्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचना तथा निर्देशन पालना गर्न आग्रह गरिएको छ। ब्यारेज क्षेत्रमा पुगेर मुख्यमन्त्री कार्कीले पानीको सतहको अवस्थाबारे जानकारी लिएका थिए । त्यसक्रममा उनले उच्च सतर्कताका लागि सबैलाई आग्रह गरेका छन् ।

(0)تبصرے

 

کوکیز کے بارے میں ایک نوٹ

نیوزہنٹ آپ کو سائن ان رکھنے اور آپ کی زبان اور ملک یاد رکھنے کے لیے ضروری کوکیز استعمال کرتا ہے، تاکہ سائٹ آپ کی توقع کے مطابق کام کرے۔ آپ کی اجازت سے، ہم یہ سمجھنے کے لیے تجزیاتی کوکیز بھی استعمال کرنا چاہتے ہیں کہ لوگ نیوزہنٹ کو کیسے استعمال کرتے ہیں اور وقت کے ساتھ اسے بہتر بنانا چاہتے ہیں۔

قبول کرنا صرف تجزیات کو متاثر کرتا ہے۔ مزید جاننے کے لیے دیکھیں پرائیویسی پالیسی or شرائط و ضوابط.