उत्तर बङ्ग विश्वविद्यालयमा ‘नेपाली चलचित्रबारे विमर्श अनि अन्तर्क्रिया' सम्पन्न, तुलसी घिमिरेको सिर्जनात्मक यात्रामाथि गहन विमर्श

उत्तर बङ्ग विश्वविद्यालयमा ‘नेपाली चलचित्रबारे विमर्श अनि अन्तर्क्रिया' सम्पन्न, तुलसी घिमिरेको सिर्जनात्मक यात्रामाथि गहन विमर्श
View on original source
زمرہ: تفریح
شیئر کریں
آرکائیو
پسند کریں
बङ्ग विश्वविद्यालयको नेपाली विभागको आयोजनामा आज 'स्रष्टा अनि सृजना' शृङ्खलाअन्तर्गत 'नेपाली चलचित्रबारे विमर्श अनि अन्तर्क्रिया' विषयक गरिमामय तथा भव्य अन्तर्क्रियात्मक कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । नेपाली भाषा र चलचित्रबीचको अन्तरसम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउने तथा विद्यार्थी र शोधार्थीहरूलाई नेपाली चलचित्र क्षेत्रका अग्रज स्रष्टासँग प्रत्यक्ष रूपमा विचार अनुभव र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। नेपाली चलचित्र जगत्का मूर्धन्य स्रष्टा लेखक तथा बहुआयामिक चलचित्रकर्मी तुलसी घिमिरे प्रमुख अतिथि तथा मुख्य स्रष्टाका रूपमा उपस्थित हुनुहुन्थ्यो। उनको उपस्थितिले कार्यक्रमलाई थप विशेष बनाएको थियो भने नेपाली चलचित्रको इतिहास यात्रा र वर्तमान चुनौतीहरूबारे प्रत्यक्ष संवाद गर्ने अवसरले समारोहलाई प्राज्ञिक रूपमा समेत अर्थपूर्ण बनाएको थियो। विभागाध्यक्ष प्रा. डा. सञ्जय राईको सभापतित्वमा सम्पन्न समारोहमा नेपाली विभागका वरिष्ठ प्राध्यापक प्रा. घनश्याम नेपाल जनसञ्चार विभागका विभागाध्यक्ष डा. वरुण रोय विभागका प्राध्यापक डा. मनोज विश्वकर्मा सरकारी महाविद्यालयका प्राध्यापक श्री विनेश प्रधान गोरुबथान सरकारी महाविद्यालयका प्राध्यापक डा. ज्ञानेन्द्र सुब्बा तथा खरसाङ रेडियोकी विशिष्ट सञ्चारकर्मी रोमा छेत्री लगायत विभिन्न शैक्षिक तथा बौद्धिक संस्थासँग सम्बद्ध प्राध्यापक शोधार्थी र विद्यार्थीहरूको उल्लेखनीय तथा उत्साहजनक ललिता राई र प्रकाश सुब्बाले कार्यक्रमको सञ्चालन गरेका थिए। कार्यक्रमको प्रारम्भमा शोधार्थी विवेक सार्कीले उपस्थित सम्पूर्ण महानुभावलाई आत्मीय तथा न्यानो शब्दमा स्वागत गर्दै कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पारेका थिए। त्यसपछि शोधार्थी मायादेवी शर्माले निर्देशक तुलसी घिमिरेको सिर्जनात्मक क्रममा उहाँले सामना गर्नुपरेका प्रारम्भिक सङ्घर्ष तथा नेपाली चलचित्रलाई व्यापक पहिचान दिलाउन उहाँले पुर्‍याउनुभएको योगदानबारे संक्षिप्त तर प्रभावकारी परिचय अर्को महत्त्वपूर्ण आकर्षणका रूपमा नेपाली विभागको लगभग पाँच दशक लामो ऐतिहासिक तथा साहित्यिक योगदानलाई समेटेर तयार पारिएको विशेष वृत्तचित्र प्रदर्शन गरिएको थियो। वृत्तचित्रले विभागको स्थापनाकालदेखि हालसम्मका गौरवपूर्ण गतिविधि नेपाली भाषा तथा साहित्यको संरक्षण र संवर्द्धनमा विभागले निर्वाह गरेको भूमिका तथा अनुसन्धान र प्राज्ञिक यात्राका विभिन्न ऐतिहासिक पक्षलाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको थियो। यसले विभागको दीर्घकालीन शैक्षिक योगदान र नेपाली भाषा-साहित्यप्रतिको प्रतिबद्धतालाई उपस्थित दर्शकसामु विमर्शसँगै कार्यक्रमलाई सांस्कृतिक रूपमा पनि आकर्षक र उल्लासपूर्ण बनाउन विशेष प्रस्तुति राखिएको थियो। वरिष्ठ निर्देशक तुलसी घिमिरेद्वारा निर्देशित कालजयी तथा अत्यन्त लोकप्रिय नेपाली चलचित्र 'दर्पण छायाँ' को प्रसिद्ध गीत शोधार्थी प्रनिता सामूहिक रूपमा सुमधुर स्वरमा प्रस्तुत गरे। त्यसैगरी डिकिला शेर्पा र साथीहरूले प्रस्तुत गरेका मनमोहक सामूहिक नृत्यले कार्यक्रमको सांस्कृतिक पक्षलाई थप जीवन्त बनाएको थियो। गीत तथा नृत्य प्रस्तुतिले सभाहलमा उपस्थित दर्शकलाई मनोरञ्जनसँगै नेपाली चलचित्र र संस्कृतिसँग जोडिएको आत्मीय अनुभूति प्रदान गरेको थियो। मुख्य आकर्षणका रूपमा आयोजित खुला अन्तर्क्रियात्मक सत्रमा वरिष्ठ निर्देशक तुलसी घिमिरेले नेपाली चलचित्रको इतिहास सिर्जनात्मक अभ्यास तथा आफ्नो दशकौँ लामो चलचित्र यात्राका विभिन्न अनुभवहरू खुलेर साझा गरे। उनले चलचित्र निर्माणको प्रारम्भिक अवस्थादेखि आफूले भोगेका आरोह-अवरोह चलचित्रको विकासक्रम र त्यस समयका चुनौतीहरूलाई स्मरण गर्दै आफ्ना अनुभव प्रस्तुत चलचित्र निर्माणको आफ्नो प्रारम्भिक यात्राबारे चर्चा गर्दै उहाँले आफूले काम सुरु गर्दाको समयमा नेपाली चलचित्र अत्यन्त सीमित र नगण्य अवस्थामा रहेको स्मरण गराए। त्यही चुनौतीपूर्ण परिवेशमा आफूले करिब तेह्र वर्षको छोटो अवधिमा दसवटा उत्कृष्ट चलचित्र नेपाली चलचित्र जगतलाई दिएको उनले बताए। नेपाली चलचित्रको कलात्मक स्तरबारे चर्चा गर्दै उनले चलचित्रहरूलाई कलात्मक दृष्टिले 'निम्न' र 'अति निम्न' गरी दुई तहमा वर्गीकरण गर्न सकिने धारणा राखे। आफ्नो निर्देशनमा बनेका चलचित्रहरू भने उक्त वर्गीकरणमा 'निम्न' तहमा पर्ने उनको स्पष्ट अभिव्यक्ति थियो। चलचित्र महोत्सवहरूमा प्रदर्शनका लागि अहिलेसम्म भारतबाट कुनै पनि नेपाली चलचित्र निर्माण नभएको वस्तुगत अवस्थाप्रति चिन्ता व्यक्त गर्दै निर्देशक घिमिरेले नेपाली चलचित्रलाई राष्ट्रिय सीमाभित्र मात्र सीमित नराखी अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउनुपर्ने आवश्यकतामा जोड दिए। नेपाली चलचित्रले आफ्नो मौलिकता कलात्मकता र सामाजिक सरोकारलाई कायम राख्दै विश्वस्तरमा आफ्नो पहिचान निर्माण गर्नुपर्ने उनको धारणा थियो। सिर्जनात्मकता तथा कला-साहित्यको भूमिकामाथि विचार राख्ने क्रममा उनले कला र साहित्यले समाजलाई जोड्ने तथा राजनीतिले समाजलाई विभाजन गर्ने धारणा प्रस्तुत गरे। घिमिरेको भनाइमा काम गर्छ भने राजनीतिले तोड्ने काम गर्छ।' र साहित्यले मानवीय चेतनालाई परिष्कृत र सुसंस्कृत बनाउँदै सभ्य समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विचारसमेत व्यक्त गरे। घिमिरेले चलचित्रलाई केवल क्षणिक मनोरञ्जन प्रदान गर्ने माध्यमका रूपमा बुझ्न नहुनेमा विशेष जोड दिए। घिमिरे अनुसार चलचित्र समाजलाई सचेत संवेदनशील र जागरुक बनाउने सशक्त तथा प्रभावकारी माध्यम बन्न सक्छ। त्यसैले चलचित्र निर्माणमा मनोरञ्जनसँगै सामाजिक चेतना मानवीय संवेदना र जिम्मेवारीलाई पनि समान महत्त्व दिन चलचित्रलाई अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषाका चलचित्रहरूसँग आत्मसम्मानका साथ उभ्याउन यसको कलात्मक र प्राविधिक पक्षलाई थप सुदृढ बनाउनुपर्ने उनको धारणा मौलिक कथावस्तुलाई प्राथमिकता दिँदै नेपाली भाषा साहित्य र समाजको वास्तविक परिवेशलाई चलचित्रमार्फत व्यापक रूपमा अभिव्यक्त गर्नुपर्ने आवश्यकता उहाँले औँल्याए। चलचित्रको समग्र विकासका लागि सिर्जनात्मकता दक्षता र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए। उनको विचारमा चलचित्रको गुणस्तरीय विकास केवल प्रविधिको प्रयोगबाट सम्भव नहुने भएकाले समाजप्रतिको उत्तरदायित्वबीच सन्तुलन कायम गर्नु वर्तमान समयको प्रमुख आवश्यकता सत्रका क्रममा शोधार्थी तथा विद्यार्थीहरूले निर्देशक घिमिरेसँग चलचित्र निर्माणको अभ्यास तथा नेपाली चलचित्रले वर्तमान समयमा सामना गरिरहेका चुनौतीहरूबारे विभिन्न प्रश्न राखेका थिए। उनले आफ्ना दीर्घ अनुभव र व्यावहारिक ज्ञानका आधारमा प्रश्नहरूको जवाफ दिएका थिए। यस संवादले विद्यार्थी तथा शोधार्थीहरूलाई पाठ्यपुस्तक र सैद्धान्तिक अध्ययनभन्दा बाहिर गएर चलचित्र निर्माणका व्यावहारिक पक्षलाई प्रत्यक्ष रूपमा बुझ्ने दुर्लभ प्राज्ञिक अवसर प्रदान गरेको थियो। चलचित्र क्षेत्रमा तुलसी घिमिरेले दशकौँदेखि निर्वाह गरेका बहुआयामिक तथा नेतृत्वदायी भूमिका र नेपाली भाषा तथा चलचित्रको विकासमा उनले पुर्‍याएका दीर्घकालीन ऐतिहासिक योगदानको सम्मानस्वरूप नेपाली विभागका तर्फबाट उनलाई विशेष अभिनन्दन गरिएको थियो। समारोहका सभाध्यक्ष डा. डा. घनश्याम नेपाल तथा डा. पुष्कर पराजुलीको पावन बाहुलीबाट निर्देशक घिमिरेलाई तथा सम्मानसूचक सम्वर्द्धना पत्र अर्पण गरी भावपूर्ण अभिनन्दन र सम्मान प्रदान औपचारिक समापनका क्रममा नेपाली विभागका तर्फबाट शोधार्थी आशिष तामाङले प्रमुख अतिथि तुलसी घिमिरेप्रति विशेष आभार व्यक्त गर्दै कार्यक्रममा उपस्थित सम्पूर्ण शोधार्थी तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गरे। साथै कार्यक्रमलाई प्रत्यक्ष वा परोक्ष रूपमा सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा सहयोगी हातहरूप्रति हार्दिक कृतज्ञता प्रकट गरे। चेतना र सिनेमाबीचको सम्बन्धलाई अझ व्यापक र नयाँ दिशातर्फ उन्मुख गराउने उद्देश्यले आयोजित 'नेपाली चलचित्रबारे विमर्श अनि अन्तर्क्रिया' कार्यक्रम ज्ञान र संस्कृतिको सार्थक सङ्गमका रूपमा सम्पन्न भएको छ। अग्रज स्रष्टाको अनुभवलाई नयाँ पुस्ताका विद्यार्थी तथा शोधार्थीसँग प्रत्यक्ष जोड्दै नेपाली चलचित्रका सम्भावना चुनौती र भविष्यका विषयमा संवादको वातावरण निर्माण गर्नु कार्यक्रमको प्रमुख उपलब्धिका रूपमा रहेको छ। यसरी 'स्रष्टा अनि सृजना' शृङ्खलाअन्तर्गत सम्पन्न उक्त विशेष कार्यक्रमले विश्वविद्यालयीय प्राज्ञिक परिवेशमा नेपाली चलचित्रबारे गम्भीर विमर्शका लागि एउटा अर्थपूर्ण र स्मरणीय अवसर

(0)تبصرے

 

کوکیز کے بارے میں ایک نوٹ

نیوزہنٹ آپ کو سائن ان رکھنے اور آپ کی زبان اور ملک یاد رکھنے کے لیے ضروری کوکیز استعمال کرتا ہے، تاکہ سائٹ آپ کی توقع کے مطابق کام کرے۔ آپ کی اجازت سے، ہم یہ سمجھنے کے لیے تجزیاتی کوکیز بھی استعمال کرنا چاہتے ہیں کہ لوگ نیوزہنٹ کو کیسے استعمال کرتے ہیں اور وقت کے ساتھ اسے بہتر بنانا چاہتے ہیں۔

قبول کرنا صرف تجزیات کو متاثر کرتا ہے۔ مزید جاننے کے لیے دیکھیں پرائیویسی پالیسی or شرائط و ضوابط.