पृथ्वीराजमार्गको घाँसीकुवा खण्डमा पहिरो, पुरिएको बाइक प्रहरीले निकाल्यो

पृथ्वीराजमार्गको घाँसीकुवा खण्डमा पहिरो, पुरिएको बाइक प्रहरीले निकाल्यो
View on original source
Category: Politics
Share
Archive
Like
९ असोज, काठमाडौं । पृथ्वी राजमार्गको तनहुँको घाँसीकुवा खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। शुक्रबार साँझ करिब साढे ६ बजे पहिरो खस्दा राजमार्ग दुईतर्फ नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी द्वारिका घिमिरेले अनलाइनखबरलाई जानकारी दिए। उनका अनुसार लगातारको वर्षापछि खसेको लेदोसहितको पहिरोमा तनहुँकै डुम्रेतर्फ जाँदै गरेको एउटा मोटरसाइकल पुरिएको थियो। उक्त खण्डमा इन्स्पेक्टर अमृत लामिछानेको नेतृत्वमा खटिएको १५ जनाको टोलीले पुरिएको ग १३ प ३५६४ नम्बरको मोटरसाइकल निकालेको छ। डीएसपी घिमिरेका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ। खुसी दुःखी अचम्मित उत्साहित आक्रोशित

(0)Comments

 

A note on cookies

Newshunt uses essential cookies to keep you signed in and to remember your language and country, so the site works the way you expect. With your permission, we'd also like to use analytics cookies to understand how people use Newshunt and improve it over time.

Accepting only affects analytics. To learn more, view our Privacy Policy or Terms & Conditions.