पुराना दललाई गृहमन्त्री गुरुङको चेतावनी : ‘इतिहास फेर्ने कोशिस नगर्नुस्, अझै समय छ सुध्रिनुस्'

पुराना दललाई गृहमन्त्री गुरुङको चेतावनी : ‘इतिहास फेर्ने कोशिस नगर्नुस्, अझै समय छ सुध्रिनुस्'
View on original source
Category: Politics
Share
Archive
Like
गृहमन्त्री सुधन गुरुङले जेन–जी आन्दोलनलाई पुराना राजनितिक दलहरुले गलत ढंगले व्याख्या गर्ने गरेको आरोप लगाउनुभएको छ । जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उहाँले ईतिहासलाई बदल्ने चेष्टा नगर्न चेतावनी दिनुभयो । जेन–जी आन्दोलन नेपालको एतिहासिक ईतिहास भएको दाबी गर्दै उहाँले इतिहासको अवव्याख्या गर्ने छुट कसैलाई नभएको बताउनु भयो । उहाँले पुराना राजनीतिक शक्तिहरूलाई 'सुध्रिन' चेतावनी दिनुभयो । जेनजी आन्दोलनलाई अपमान ३ करोड नेपाली जनतालाई अपमान भएको उहाँको दाबी छ । गृहमन्त्री गुरुङले पुराना राजनीतिक सोच र परम्परागत कार्यशैलीबाट नयाँ नेपाल निर्माण हुन नसक्ने बताउनु भयो । उहाँले पुराना दलका नेताहरूलाई समयमा नै आफ्नो सोच र कार्यशैली परिवर्तन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, 'पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई अझै पनि विभिन्न तरिकाले व्याख्या गरेका देख्दाखेरि अचम्मै लाग्छ । र म उहाँहरू सबैजनालाई भन्न चाहन्छु, त्यो दिन इतिहास हो । र इतिहास कसैले फेरेर फेरिँदैन । इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस् । त्यो इतिहास नै थियो भन्नलाई पनि साबित गर्नलाई ३ करोड नेपाली जनताले हामीलाई जिताएर पठाएको हो । तपाईँले यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईँले ३ करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ, यो पनि स्मरण रहोस् । त्यही भएर सुध्रिनुस् भन्न चाहन्छु । सुध्रिनुस्, अझै पनि समय छ, सुध्रिनुस् । त्यही पुराना ट्रेन्डिसनले, त्यही पुराना सोचले नयाँ नेपाल तपाईँले बनाउन सक्दैन, हामीले बारम्बार भन्दै आएको कुरा नै हो ।' उहाँले जेन–जी आन्दोलन सत्ताप्राप्ति वा शक्तिको लोभमा नभएको दाबी गर्नुभयो । भदौ २३ गतेको आन्दोलनमा युवाहरू सुशासनको पक्षमा उभिन सडकमा आएको उहाँले बताउनु भयो । शान्तिपूर्ण आन्दोलनमाथि दमन गरिएको कारण भदौ २४ गतेको घटना भएको दाबी गर्नुभयो । तर हाल भदौ २४ गतेलाई मात्रै केन्द्रमा राखेर प्रचार भईरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, 'भदौ २३ मा पनि हामी तपाईँको सत्ताको पछाडि थिएनौँ । न त हामीलाई सत्ताको लोभ नै छ, न त शक्तिको घमण्ड नै छ । अहिले पनि छैन, त्यतिखेर पनि हामीलाई केही लोभ पनि थिएन, आशा पनि थिएन । सुशासनको पक्षमा हामी उभिनका लागि मात्र युवाहरू एकै ठाउँमा हामी जम्मा भएका थियौँ । तर जसरी हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दमन गरियो, हामीसँग सँगै आन्दोलन गरेका भाइ–बहिनीहरूलाई जसरी गोली हानियो, अझै पनि लाजै नमानी २४ गते जल्यो भन्दै ट्रेनिङ दिइराखेको देखिन्छ, देश जलेको दिन । २३ गते देश मरेको दिन थियो, मान्छे मरे भने त यो देश पनि कहाँ रहन्छ ?' उहाँले मान्छे रहे मात्रै देश रहने बताउनुभयो । जेनजी आन्दोलनलाई नकरात्मक बनाउन देश जलाएको भाष्य जर्वजस्ती सिर्जना गर्न खोजेको उहाँको आरोप छ ।

(0)Comments

 

A note on cookies

Newshunt uses essential cookies to keep you signed in and to remember your language and country, so the site works the way you expect. With your permission, we'd also like to use analytics cookies to understand how people use Newshunt and improve it over time.

Accepting only affects analytics. To learn more, view our Privacy Policy or Terms & Conditions.