फिजियोथेरापी दिवसमा रक्तदान तथा स्ट्रोक र मुटुरोगबारे जनचेतनामूलक कार्यक्रम

फिजियोथेरापी दिवसमा रक्तदान तथा स्ट्रोक र मुटुरोगबारे जनचेतनामूलक कार्यक्रम
View on original source
Category: Health
Share
Archive
Like
विश्व फिजियोथेरापी दिवस २०२६ को अवसरमा नेपाल फिजियोथेरापी संघले मंगलबार काठमाडौंमा रक्तदान तथा स्ट्रोक र मुटु तथा रक्तनलीसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। यस वर्षको दिवसको मुख्य विषय 'स्ट्रोक तथा मुटु तथा रक्तनलीसम्बन्धी रोग' रहेको छ। सोही विषयमा केन्द्रित भएर आयोजित कार्यक्रममा स्ट्रोक तथा मुटुसम्बन्धी रोगको जोखिम, रोकथाम, प्रारम्भिक पहिचान, उपचार तथा पुनर्स्थापनामा फिजियोथेरापीको भूमिकाबारे जानकारी दिइएको थियो। कार्यक्रमअन्तर्गत आयोजित रक्तदानमा करिब ६८ जनाले रक्तदान गरेका थिए। एभरेस्ट अस्पताल ब्लड बैंकको सहकार्यमा आयोजित रक्तदानबाट संकलित रगत बिरामी तथा आपत्कालीन उपचारमा प्रयोग गरिने जनाइएको छ। जनचेतनामूलक कार्यक्रममा कार्डियोलोजिस्ट प्रोफेसर डा. सञ्जयकुमार श्रेष्ठ, न्युरोलोजिस्ट डा. अविनाश चन्द्र, न्युरो फिजियोथेरापिस्ट शाज श्रेष्ठ र कार्डियोरेस्पिरेटरी फिजियोथेरापिस्ट दीपिका प्रजापतिले प्रस्तुति दिएका थिए। कार्यक्रममा नेपाल फिजियोथेरापी संघका अध्यक्ष समिद कतिला श्रेष्ठ, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सगुन पौडेललगायतको उपस्थिति थियो। देशका विभिन्न फिजियोथेरापी शिक्षण संस्था तथा स्वास्थ्य संस्थामा कार्यरत १५० भन्दा बढी विद्यार्थी, फिजियोथेरापिस्ट तथा स्वास्थ्यकर्मी कार्यक्रममा सहभागी थिए। कार्यक्रममा वक्ताहरूले स्ट्रोक तथा हृदयसम्बन्धी रोगको जोखिम बढ्दै गएको भन्दै समयमै पहिचान, स्वस्थ जीवनशैली, नियमित शारीरिक गतिविधि तथा बहुविषयगत पुनर्स्थापना सेवाको महत्त्वमा जोड दिएका थिए। स्ट्रोक तथा मुटुसम्बन्धी रोगबाट प्रभावित व्यक्तिको कार्यक्षमता पुनर्स्थापना र जीवनको गुणस्तर सुधारमा फिजियोथेरापीको महत्त्वपूर्ण भूमिका रहेको उनीहरूको भनाइ थियो।

(0)Comments

 

A note on cookies

Newshunt uses essential cookies to keep you signed in and to remember your language and country, so the site works the way you expect. With your permission, we'd also like to use analytics cookies to understand how people use Newshunt and improve it over time.

Accepting only affects analytics. To learn more, view our Privacy Policy or Terms & Conditions.