आजको राशिफल: ग्रह चाल र १२ वटै राशिको फलादेश

आजको राशिफल: ग्रह चाल र १२ वटै राशिको फलादेश
View on original source
Category: Entertainment
Share
Archive
Like
मेष: धनलक्ष्मी योग परेको छ। बोली र व्यवहारमा एकरूपता आवश्यक छ। राज्यको सहयोग मिल्नेछ भने स्वदेशको लगानी र परिवारको साथले मन शान्त रहनेछ। वृष: दिन सामान्य छ। सञ्चित धन खर्च हुँदा मन अशान्त बने पनि सहकर्मीको साझेदारीले राहत दिनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै शिक्षा र वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। मिथुन: स्वास्थ्यमा सुधार र परिवारको साथ प्राप्त हुनेछ। शिक्षा तथा प्राविधिक क्षेत्रमा राम्रो नतिजा हात लाग्नेछ। थोरै बोलेर अगाडि बढेमा सोचेको काम बन्नेछ। कर्कट: दिन सामान्य राम्रो छ तर बोल्दा विशेष ध्यान दिनुपर्नेछ। अढैया शनिको प्रभावले आक्रोश बढ्न सक्ने हुँदा साथीभाइसँग बोल्दा विचार गर्नुहोला। सिंह: दिन राम्रो छ, आम्दानी बढ्नेछ। शिक्षामा गरेको लगानी र स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ भने स्वदेशमै रोजगारीको विकल्प खोज्दा केही मन उदास हुन सक्छ। कन्या: भाग्य स्थानमा चन्द्रमा रहेका छन्। चिसोबाट बच्नुहोला। विपक्षीहरू शान्त रहनेछन् र परिवारको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ। तुला: कला र गला प्रदर्शन गर्ने दिन हो। शिक्षामा प्रयास सफल बन्नेछ र संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहे पनि स्वास्थ्यको विशेष ख्याल गर्नुहोला। वृश्चिक: दिन सामान्य राम्रो छ। खर्च बढे पनि र अप्रिय कुरा सुन्न पर्दा मन अशान्त भए पनि स्वास्थ्यमा भने सुधारका संकेत देखिएका छन्। धनु: दिन राम्रो छ। स्वदेशमै सेवा र समाजसेवामा समय बित्नेछ। स्वास्थ्यमा सुधार आए पनि बाहिरको वा मिठो खानेकुराको पछाडि लाग्दा स्वास्थ्य बिग्रन सक्छ, सचेत रहनुहोला। मकर: साथीको सहयोग र सहकार्यको लगानीबाट फाइदा हुनेछ। शिक्षामा नतिजा तपाईंको पक्षमा रहनेछ भने धार्मिक कार्यमा सहभागी भएमा दिन अझै सहज बन्नेछ। कुम्भ: धार्मिक व्यक्तिको भेटले मन शान्त रहनेछ। महत्त्वपूर्ण निर्णय गर्दा साथीसँग सल्लाह गर्नु राम्रो हुन्छ। शास्त्र अध्ययन गरेर समय बिताएमा दिन सहज बन्नेछ। मीन: समय सामान्य छ। बोली र व्यवहारमा एकरूपता नभएमा आफन्त टाढिने जोखिम छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ, त्यसैले सचेत भएर अगाडि बढ्नुहोला।

(0)Comments

 

A note on cookies

Newshunt uses essential cookies to keep you signed in and to remember your language and country, so the site works the way you expect. With your permission, we'd also like to use analytics cookies to understand how people use Newshunt and improve it over time.

Accepting only affects analytics. To learn more, view our Privacy Policy or Terms & Conditions.