जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ
View on original source
Category: Politics
Share
Archive
Like
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेनजी युवाले उठाएका माग र उनीहरूका अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गत वर्ष भदौ २३ गते जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदको स्मृतिमा आज बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित दीप प्रज्वलन कार्यक्रममा उनले जेनजी युवाको योगदान र बलिदानीलाई सरकारले उच्च सम्मानका साथ ग्रहण गरेको बताए । गृहमन्त्री गुरुङले जेनजी युवाको बलिदानीका कारण देशमा आमूल परिवर्तनको आधार तयार भएको उल्लेख गर्दै उनीहरूले उठाएका माग सम्बोधन गर्न सरकार गम्भीरतापूर्वक अघि बढिरहेको स्पष्ट पारे । उनले भने, 'जेनजी युवाहरूको बलिदानीले देशमा आमूल परिवर्तन भएको छ । हामी अहिले अधिकार दिने ठाउँमा छौँ । जेनजीका माग सम्बोधन गर्दै अधिकार पूरा गर्नेछौँ ।' वर्तमान सरकार जेनजी युवाको आन्दोलनकै कारण निर्माण भएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले उनीहरूका माग र अधिकार सुनिश्चित गर्न कुनै कसर बाँकी नराखिने बताए । उनले जेनजी पुस्ताले उठाएका विषयलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिए । गृहमन्त्री गुरुङले केही पुराना दल तथा नेताहरूले अझै पनि जेनजी आन्दोलनलाई अपमान गरिरहेका भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे । 'जेनजी आन्दोलनलाई अपमान गर्नु आमनेपाली नागरिकको भावनालाई अपमान गर्नुजस्तै हो,' उनले भने । गृहमन्त्री गुरुङले गत भदौ २३ गतेको आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा सहभागीहरूले समेत सहिदको सम्झनामा दीप प्रज्वलन गरी उनीहरूको योगदानप्रति सम्मान व्यक्त गरेका थिए ।

(0)Comments

 

A note on cookies

Newshunt uses essential cookies to keep you signed in and to remember your language and country, so the site works the way you expect. With your permission, we'd also like to use analytics cookies to understand how people use Newshunt and improve it over time.

Accepting only affects analytics. To learn more, view our Privacy Policy or Terms & Conditions.