ऐतिहासिक जेनजी आन्दोलनको एक वर्ष : पहिले र अहिलेको तस्बिर

ऐतिहासिक जेनजी आन्दोलनको एक वर्ष : पहिले र अहिलेको तस्बिर
View on original source
Category: Politics
Share
Archive
Like
काठमाडौँ । सुशासन र भ्रष्टाचारविरुद्ध युवा पुस्ता (जेनजी) ले गरेको ऐतिहासिक आन्दोलनको एक वर्ष पूरा भएको छ। गत वर्षको भदौमा सुरु भएको उक्त अभूतपूर्व विद्रोहले देशको राजनीतिक परिदृश्य नै फेरिदिएको थियो। तत्कालीन सरकारले अचानक २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि युवाहरूको आक्रोश सडकमा पोखिएको थियो। एकातिर आम नागरिक चरम आर्थिक निराशा र बेरोजगारीका कारण विदेशिन बाध्य थिए भने अर्कोतिर नेता र पहुँचवालाका परिवारले प्रदर्शन गर्ने विलासी जीवनशैलीले जनतामा तीव्र असन्तोष बढाएको थियो। दशकौँदेखि सत्ताको साँचो घुमाइरहेका पुराना नेताहरूप्रतिको वितृष्णाले आन्दोलनलाई थप बल पुर्‍याएको थियो। सुरुमा शान्तिपूर्ण रूपमा अघि बढेको यो प्रदर्शन भदौ २४ मा आइपुग्दा सुरक्षा निकायसँगको झडपपछि हिंसात्मक बन्यो। प्रहरीको दमन र झडपका क्रममा ७० जनाभन्दा बढीले ज्यान गुमाए। जनआक्रोश चरम उत्कर्षमा पुगेर सरकारी संरचनाहरूमा आगजनी हुन थालेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए। यस घटनापछि भएका निर्वाचनहरूले वर्षौँदेखि सत्तामा रहेका पुराना परम्परागत शक्तिहरूलाई किनारा लगाउँदै नयाँ राजनीतिक समीकरण खडा गरिदियो। आन्दोलनको एक वर्ष बितिसक्दा पनि विद्रोहका डामहरू अझै मेटिएका छैनन्। जलेका प्रहरी चौकी र सार्वजनिक संरचनाहरूको पुनःनिर्माणको गति सुस्त छ। आन्दोलनका क्रममा घाइते भएकाहरू र सहिद परिवारले अझै उचित क्षतिपूर्ति तथा न्याय पाउन सकेका छैनन्। विद्रोहले ल्याएको राजनीतिक फेरबदलपछि पनि देशमा वास्तविक परिवर्तन भयो कि भएन भन्नेमा नागरिक तहमा शङ्का कायमै छ, तर समृद्ध र न्यायपूर्ण भविष्यको आशा भने अझै मरेको छैन। यहाँ आन्दोलनका बेलाका तस्बिर र एक वर्षपछिको तुलना गरिएको छ : भाटभटेनी नक्सालभाटभटेनी महाराजगञ्ज संसद् भवनमन्त्री क्वार्टरसिंहदरबारनेकपा एमाले कार्यालयनेपाली कांग्रेसको कार्यालयनेकपाको कार्यालयदेउवा निवासमहाराजगञ्ज प्रहरी कार्यालयसडक विभागसर्वोच्च अदालतएनसेलको भवनहिल्टन होटल

(0)Comments

 

A note on cookies

Newshunt uses essential cookies to keep you signed in and to remember your language and country, so the site works the way you expect. With your permission, we'd also like to use analytics cookies to understand how people use Newshunt and improve it over time.

Accepting only affects analytics. To learn more, view our Privacy Policy or Terms & Conditions.