Abbott to pay $384 million over contaminated infant formula allegations, US Justice Dept says

Abbott to pay $384 million over contaminated infant formula allegations, US Justice Dept says
View on original source
Category: Entertainment
Share
Archive
Like
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २९ सोमबार | (रासस) काठमाडौँ, २९ भदौ : पछिल्ला दिनमा मायाप्रेम, द्वन्द्व, सुशदुःख समेटिएको सामाजिक कथामा आधारित चलचित्रलाई दर्शकले रुचाएको देखिएको छ । हरितालिका तीज पर्व सरु भएको, वडादसैँ, दीपावलीजस्ता ठूला चाडपर्व आउनै लागेको र समग्रमा मुलुक चाडपर्वमय भएको विद्यमान अवस्थामा सामाजिक कथामा आधिारित चलचित्रलाई दशर्कले रुचाएको देखिन्छ । यसैबीच, गत शुक्रबारदेखि सुरु भएको प्रेम कहानीमा आधारित बेहुली चलचित्रले हरितालिका तीजको दिन मात्र रु ७०–८० लाख 'ग्रस' व्यापार गरेको वितरक गोविन्द शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार देशभरका सिनेमा हलहरूमा करिब १५० 'शो' पाएको थियो । अधिकांश हलहरू भरिभराउ भएका र दर्शकदीर्घाबाट उत्साहजनक रूपमा साथ पाइएको छ । सो चलचित्रका मुख्य कलाकारहरू पारसबम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ तथा निर्देशक शशान कँडेललगायतको टोली बजार प्रबर्द्धनका क्रममा आज चितवन पुगेको र सो टोलीले क्रमशः देशव्यापी भ्रमण गर्ने कार्यक्रम रहेको निर्माता अर्जुन पोखरेलले जानकारी दिनुभयो । नेपाली समाजभित्रको यथार्थ भावना, युवा–युवतीको मनोभाव र पारिवारिक मर्मस्पर्शी कथावस्तुमा आधारित सो चलचित्रलाई माधव शर्माले लेखन तथा शशान कँडेलले निर्देशन गर्नुभएको हो । यस्तै, शुक्रबारदेखि नै प्रदर्शनमा आएको अर्को चलचित्र 'पेन्सन पट्टा' लाई पनि दर्शकको राम्रो साथ मिलिरहेको निर्देशक माओत्से गुरुङले बताउनुभयो । उहाँका अनुसार तीजको दिन चलचित्रले अपेक्षाकृत व्यापार गरिरहेको छ र दर्शकबाट राम्रो पृष्टपोषण प्राप्त गरिरहेको छ । चलचित्रकर्मी दयाहाङ राईको प्रमुख अभिनय रहेको सो चलिचत्रमा सुनिल थापा, बुद्धि तामाङ, विल्सनविक्रम राईलगायतले अभिनय गर्नुभएको छ । डा कपिल रिजालको 'गौँथली' चलचित्र सार्वजनिक भएको धेरै दिन भएपनि दर्शकका साथ रहेको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । तुलनात्मकरूपमा राम्रो कमाइ रहेको सो चलचित्रमा अरुण क्षेत्री, सिमरन खड्कालगायतले अभिनय गर्नुभएको छ । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

(0)Comments

 

A note on cookies

Newshunt uses essential cookies to keep you signed in and to remember your language and country, so the site works the way you expect. With your permission, we'd also like to use analytics cookies to understand how people use Newshunt and improve it over time.

Accepting only affects analytics. To learn more, view our Privacy Policy or Terms & Conditions.