प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा कति जम्मा भयो रकम ?

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा कति जम्मा भयो रकम ?
View on original source
Category: Politics
Share
Archive
Like
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा कुल ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ मौज्दात रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार साँझ ५ बजेसम्म कोषका नौवटा रुपैयाँ खातामा ८ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ र दुईवटा डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको हो । डलरलाई प्रतिअमेरिकी डलर १५० रुपैयाँ ८८ पैसाका दरले रूपान्तरण गर्दा कोषमा कुल ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ रहेको हो। रसुवा–भोटेकोशी बाढीपछि कोषमा ७ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ र २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर संकलन भएको छ। यो विपद्अघिको २ अर्ब ८ करोड २४ लाख रुपैयाँ मौज्दातबाहेकको रकम हो। भदौ २३ गते मात्रै कोषमा ३० करोड ६२ लाख रुपैयाँ र १ लाख १२ हजार ३२ अमेरिकी डलर प्राप्त भएको छ। राहत तथा उद्धारका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई कोषबाट १ अर्ब रुपैयाँ हस्तान्तरण गरिएको छ। अर्थ मन्त्रालयले विपद् प्रभावित परिवारका लागि सहयोग गर्ने स्वदेश तथा विदेशका व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेको छ। मन्त्रालयले सहयोगका लागि आधिकारिक पोर्टल donate.gov.np प्रयोग गर्न आग्रह गरेको छ।

(0)Comments

 

A note on cookies

Newshunt uses essential cookies to keep you signed in and to remember your language and country, so the site works the way you expect. With your permission, we'd also like to use analytics cookies to understand how people use Newshunt and improve it over time.

Accepting only affects analytics. To learn more, view our Privacy Policy or Terms & Conditions.