जलेश्वर :सरकारले मेरो श्रीमान्लाई टनेलबाट जिउँदै निकालिदेओस्। बालेन सरकारले मेरो सिउँदोको सिन्दुरलाई फिर्ता गरिदेओस्,' भोटेकोशी बाढीमा बेपत्ता भएका श्रीमान्को खोजी गरिदिन सरकारसंग बिलौना गर्दै इन्द्रादेवी यादव भन्छिन्, 'हामी सबै रोइरहेका छौं। सबै घर परिवार रोडमा आइसकेका छौं। मेरो प्यारो मान्छे टनेल भित्रै फसेको छ। सरकारले छिटो उद्दार गरोस्। खाना र अक्सीजन पनि पाएको छैन होला। अब प्रतीक्षा गर्ने घडी कमजोर बन्दैछ।'
भदौं १० गतेको जलप्रलयपछि भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका आफ्ना श्रीमान् विकास यादवको जीवन रक्षाको लागि ६ महिनाकी गर्भवती इन्द्रादेवीले हरकोहीसंग बिलौना गरिरहेकी छन्। त्रिशूली–३ ए जलविद्युत् आयोजनामा विकास सिभिल इन्जिनियरका रूपमा दुई वर्ष देखि काम गर्दै आएका थिए।
महोत्तरीको पिपरा गाउँपालिका–३ की इन्द्रादेवी श्रीमान् बेपत्ता भएको पीडाले छिन् छिनमा बेहोस् भइरहेकी छन्। उनको आँसु रोकिएको छैन। चुलो बलेको छैन। विकासका बुवाआमा सन्तान हराएको पीडाले पिरोलिएका छन्।
सिउँदोमा विकासको सिन्दुर।पेटमा हुर्कदै गरेको छ महिनाको शिशु। अनि काखमा दुई वर्षीया छोरी। श्रीमान् र सन्तान साथमा हुँदा जती खुशी थिइन्, इन्द्रादेवी पति बेपत्ता भएपछि उनको जीवनमा आकाश खसे बराबर भएको छ। भदौ १० गते यता उनी बेचैन छिन्। पेटमा हुर्किरहेको बच्चा र काखे छोरी लिएर उनी कयौं दिन रसुवा बाढीको किनारमा जीवन साथी विकास खोज्दै भौतारिन्।
इन्द्रादेवी श्रीमान् संगै रसुवामा बस्दै आएकी थिइन् । श्रीमान् विकास फर्किने आशामा उनी हरेक दिन भगवान् पुकारिरहेकी छिन् । सकुसल उद्दारका लागि सरकार गुहारी रहेकी छन् । उद्दारको सूचीमा विकासको नाम खोज्दै इन्द्राको दिनहरु बित्दै गएको छ । रसुवाको भोटेकोसीमा आएको बाढी टनेलमा फसेपछि विकासका परिवार जीवन मरणको दोसाँधमा पुगेको छ । उता विकास बेपत्ता छन् यता घरमा परिवारजन पीडा सहन नसकेर विरामी पर्न थालेको छ । इन्द्रादेवीले पतिको जीवितै उद्दारको याचना गरिरहेकी छन् । उनले बाढीको किनारै पुगेर होस् कि काठमाडौं पुगेर सरकार गुहारी सकेकिछन् । तर, उनको कुनै जुक्तिले फिटिकै नतिजा देखाएको छैन । 'सरकारले सबै प्रयास गरोस् । भगवान्संग मेरो प्रार्थना छ मेरो श्रीमान् जहाँ भएपनि मेरो घर शकुसल फर्काइदेउ,' उनी भन्छिन्, ' हे भवनान् मेरो सिन्दुरको रक्षा गर ।'
अनि विकासको सम्पर्क टुट्यो
बाढी आएको दिन विकास विहानै काममा गएका थिए । इन्द्रादेवीलाई सन्चो नहुँदा उनी कोठामै अबेलासम्म सुतिरहेकी थिइन् । अचान कोठा वरिपरी बाढी आएको हल्ला फैलियो । उनी आफ्ना श्रीमान्लाई फोन लगाउन थालिन् । तर, उनको फोन उठेन । बाढीको भेल बढ्दै गएपछि इन्द्रादेवीले काखे छोरीलाई च्यापिन् । गर्भवती शरीर । सकि न सकि पहाडको माथिल्लो भागमा पुगेकी थिइन् । आफ्नो र छोरीको ज्यान त जोगियो तर, श्रीमानको कुनै खबर नआएपछि इन्द्रादेवीको मन रोइरहेको छ, –विकासको यादमा । उनी कहाँ होलान्, कसरी होलान्, कसरी टनेलबाट उद्दार हुन्छन् रु यस्तो प्रश्न उनको मनमा एकहरो आइरहेको छ । उनी भन्छिन्, 'उहाँ ९पति०को मोबाइल करिब ९ बजेर २० मिनेटसम्म अनलाइन देखाइरहेको थियो । त्यसपछि मोबाइलमा सम्पर्क हुन सकेन ।'
भदौं १० गते बाढी केही कम भयो । मन न हो, ज्यानको बाजी गाएर साँझतिर इन्द्रादेवी श्रीमान् काम गर्ने टनेलतर्फ पनि पुगिन् । टनेल कहाँ थियो त्यो पनि भेटिएन । बाढीले जलविद्युत आयोजनमा व्यापक क्षति गरेको थियो । विकास सधैँ टनेलभित्रै काम गर्ने भएकाले उनी टनेलभित्रै फसेको इन्द्रादेवीको विश्वास रहेको छ । त्यसैले उनी उद्धार टोली र सरकारसँग लगातार हारगुहार गरिरहेकी छन् । तर, दिन बित्दै जाँदा उनको चिन्ता झन् बढ्दै गएको छ । उनको काखको दुई वर्षीया छोरीले बाबुलाई खोजिरहेकी छन् । इन्द्रादेवीको गर्भमा हुर्किरहेको विकासका सन्तानले संसार देख्नुअघि नै बाबुको प्रतीक्षा गरिरहेको छ । तर, बाबु कहाँ छन् रु कहिले फर्किन्छन् रु यो प्रश्नको उत्तर न सरकारसंग छ न इन्द्रादेवीसँ ।
त्यो खबरको व्यग्र प्रतीक्षमाा परिवार
विकासका बाआमाको पनि एउटै विलाप छ,– छोरोको जीउँदो मुख हेर्ने । टिन टिन मोवाईल बज्दा हरेकपटक इन्द्रादेवी झस्किन्छिन् । विकास जीउँदो भएको फोन आयो भनेर । तर, बाढी आए देखि विकास कहाँ छन् रु भन्ने खबर कहि कतैबाट आएको छैन । 'विकास बाँचेर आयो' भन्ने खबर सुन्न यादव परिवार भगवान् गुहारिहेका छन् ।सरकारले समयमै प्रभावकारी उद्धार गर्न नसक्दा टनेलभित्र फसेकाहरूको अवस्था झन् गम्भीर बनिरहेको इन्द्रादेवीको भनाई छ । बेपत्ता विकासका वुवा शम्भू यादवले आँसु संगै सरकार संग टनेल भित्र फसेका आफ्ना छोराजस्ताहरुको उद्धारका लागि हारगुहार लगाइ रहेका छन् ।
(0)Comments