बा

बादल पोखरेल

क्षति न्यूनीकरणका आगामी रणनीति

Image
भदौ १० को घटनाले स्पष्ट पाठ दिएको छ । हिमाली जोखिम बदलिादै छ, त्यसैले हाम्रो विज्ञान, पूर्वसूचना, सञ्चार, राहत र पुनर्निर्माणको अभ्यास पनि बदलिनुपर्छ । हामीले हरेक पहिरो वा बाढी रोक्न नसकौंला, तर क्षति घटाउन सक्छौं । जोखिम बुझ्न, समुदायसाग अभ्यास गर्न, सही सूचना समयमै पुर्‍याउन, सीमापार सहकार्य बलियो बनाउन र राहत तथा पुनःस्थापनामा अदृश्य मानिसलाई पनि केन्द्रमा राख्न सक्छौं । बादल पोखरेल,स्वेता वानियाँ,आकाश आचार्य १० भदौको बिहान रसुवामा आएको विपद्पछिको संकट बुझ्न र अबको बाटो तय गर्न यसलाई केवल एउटा सामान्य बाढीका रूपमा बुझ्नु पर्याप्त हुँदैन । हिमालको माथिल्लो भागबाट यो विपद्को सिर्जना भएको थियो । हिम र चट्टानको पहिरो, ढुंगा, माटो र भग्नावशेषसहितको गेग्रान बहाव (डेब्री फ्लो) अन्ततः विनाशकारी आकस्मिक बाढीमा बदलिएको थियो । प्रारम्भिक वैज्ञानिक विश्लेषणले माथिल्लो ल्हेन्दे खोला जलाधार क्षेत्रमा ठूलो परिमाणमा हिमचट्टान र माटो एकैपटक भत्किएर तीव्र गतिमा तल झरेको संकेत गर्छ । तल झर्दै जाँदा त्यसले थप ढुंगा, माटो र पानी समेट्दै गयो र अत्यन्त शक्तिशाली बहावमा रूपान्तरण भयो । यसले ठूला ढुंगा, हिम र भग्नावशेष बोकेको थियो । छोटो समयमै नदीको सतह तीव्र रूपमा बढेको पाइयो । यसको असर सबै ठाउँमा एउटै प्रकारको थिएन । उत्तरगया गाउँपालिका–२ को सिम्ले क्षेत्रभन्दा माथि नदी उपत्यका साँघुरो छ । यस्तो खोचमा पानी र गेग्रान सीमित ठाउँबाट तीव्र गतिमा बग्दा नदीले गहिरो कटान गर्ने र किनार तथा संरचनामा ठूलो शक्ति केन्द्रित गर्ने सम्भावना बढी हुन्छ । तलतिर उपत्यका फराकिलो हुँदै जाँदा त्यही बहाव फैलिन्छ र ठूलो क्षेत्रमा पानी तथा गेग्रान थुप्रिन्छ । त्यसैले माथिल्लो साँघुरो भागमा गहिरो कटान र तल्लो फराकिलो भागमा व्यापक फैलावट देखिन सक्छ । यसैकारण रसुवागढी, टिमुरे, स्याफ्रुबेंसी र तल्लो नदी करिडोरमा क्षतिको स्वरूप फरक देखिएको छ । घर, सडक, पुल, भन्सार र जलविद्युत् संरचनामा ठूलो क्षति पुगेको छ, कतिपय ठाउँमा नदीको धार र भू–दृश्य नै बदलिएको छ । त्यसैले अहिलेको प्रश्न कति घर बगे भन्ने मात्र होइन, अब कुन ठाउँ सुरक्षित छ, मानिस कहाँ फर्कन सक्छन् र पुनर्निर्माण कहाँ र कसरी गर्ने भन्ने पनि बहसको विषय हो । भौतिक विनाशसँगै सूचना र सञ्चारको गम्भीर संकट पनि देखिएको छ । घटना भएको केही घण्टामै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा तस्बिर, भिडियो र नामावली फैलिन थाले । सेना, प्रहरी, सरकारी निकाय, स्थानीय प्रतिनिधि र सञ्चारमाध्यमले आफ्ना माध्यमबाट सूचना दिए ।तर बेपत्ता आफन्त खोजिरहेको परिवारलाई चाहिएको उत्तर सरल छ– आफ्नो मानिस कहाँ छ ? जीवित छ कि छैन ? उद्धार गरिएको छ कि छैन ? कुन अस्पताल वा शिविरमा खोज्ने ? यिनै प्रश्नको उत्तर पाउन सबैभन्दा कठिन भएको छ । विभिन्न निकायबाट विवरण आइरहेका छन्, तर परिवारले एउटै ठाउँबाट अद्यावधिक र प्रमाणित जानकारी पाउन सक्ने व्यवस्था अझ प्रभावकारी बनाउनुपर्ने देखिएको छ । यसलाई दोष खोज्ने विषयभन्दा पनि भविष्यका लागि सुधार गर्नुपर्ने महत्त्वपूर्ण पाठका रूपमा लिनुपर्छ । विपद्का बेला सूचना केवल तथ्य सार्वजनिक गर्ने काम होइन, मानिसले बुझ्ने, विश्वास गर्ने र त्यसका आधारमा निर्णय लिन सक्ने गरी सूचना पुर्‍याउने प्रक्रिया हो । धेरै सूचना हुनु र सही सूचना सहज रूपमा पाउनु एउटै विषय होइनविपद्का बेला सूचना केवल तथ्य सार्वजनिक गर्ने काम होइन, मानिसले बुझ्ने, विश्वास गर्ने र त्यसका आधारमा निर्णय लिन सक्ने गरी सूचना पुर्‍याउने प्रक्रिया हो । धेरै सूचना हुनु र सही सूचना सहज रूपमा पाउनु एउटै विषय होइन । एआईबाट बनाइएका भिडियो, पुराना दृश्य र अपुष्ट सूचनाले निम्त्याएको अन्योलबारे हामीले यसअघि पनि लेखिसकेका छौं । तर पछिल्ला दिनमा अवस्था फेरिएको छ । सूचना अझै अत्यन्त परिवर्तनशील छ, तथ्यांक र विवरण घण्टैपिच्छे बदलिरहेका छन् र हरेक नयाँ अपडेटसँगै अघिल्लो जानकारी अपूर्ण वा पुरानो बन्न सक्छ । त्यसैले अहिलेको आवश्यकता एउटै आधिकारिक स्रोतबाट नियमित, प्रमाणित र समयमै अद्यावधिक हुने सूचना प्रणाली हो । अहिले आधिकारिक सूचना पनि फेसबुकलगायत सामाजिक सञ्जालमार्फत मात्र प्रसारित भइरहँदा, सामाजिक सञ्जालको पहुँच नभएका वा अक्षरज्ञान नभएका व्यक्तिसम्म महत्त्वपूर्ण सूचना नपुग्ने अवस्था छ । स्याटेलाइट तस्बिरले बाढीको फैलावट, पहिरो वा भत्किएका संरचना देखाउन सक्छ । तर जमिनको वास्तविकता त्योभन्दा धेरै जटिल हुन्छ । यस लेखका सहलेखक आकाश आचार्य अहिले रसुवामै छन् । उनी प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्ने, घटनाको प्रकृति विश्लेषण गर्ने, आवश्यक तथ्य र जानकारी संकलन गर्ने तथा राहतमा समेत संलग्न छन् । उनको प्रत्यक्ष अनुभवले एउटा महत्त्वपूर्ण पक्ष उजागर गर्छ– नक्सा र तस्बिरले धेरै विषय देखाए पनि जोखिमको वास्तविक स्वरूप बुझ्न जमिनमै पुगेर हेर्नु, स्थानीय मानिससँग कुरा गर्नु र बदलिँदो अवस्थालाई प्रत्यक्ष महसुस गर्नु आवश्यक हुन्छ ।नदी किनारको गेग्रान फेरि बग्न सक्छ, काटिएका भीरबाट अर्को पहिरो आउन सक्छ, खोलाले नयाँ धार लिन सक्छ र सडक वा पुलको जग कमजोर भएको हुन सक्छ । त्यसैले उद्धारका क्रममा 'त्यहाँ कसरी पुग्ने ?' भन्ने प्रश्नसँगै 'त्यहाँ पुग्ने बाटो सुरक्षित छ कि छैन ?' भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । यही ठाउँमा स्थानीय ज्ञान र स्थलगत अवलोकनको महत्त्व बढ्छ । कुन गोरेटो खुला छ, कुन डाँडा सुरक्षित छ र कहाँ पहिरोको पुरानो इतिहास छ भन्ने जानकारी स्याटेलाइटले मात्र दिन सक्दैन । नक्सा, मोडल र रिमोट सेन्सिङ आवश्यक छन्, तर जमिन नहेरी निर्णय पूर्ण हुँदैन । जोखिम बुझ्न जमिनको बनावट, नदीको व्यवहार र समुदायको अनुभवलाई सँगै समेटिनुपर्छ । राहत वितरणदेखि विपद् व्यवस्थापनसम्बन्धी नीति र नियमावली निर्माणसम्म समुदायको आवाज र स्थानीय अनुभवलाई प्राथमिकता दिनुपर्छ । राहत वितरणमा पनि यही संवेदनशीलता आवश्यक छ । मुख्य सडक नजिक रहेका वा सञ्चारमाध्यममा देखिएका मानिस मात्र पीडित होइनन् । आदिवासी, दलित समुदाय, दुर्गम बस्तीका परिवार, मजदुर, वृद्धवृद्धा, अपांगता भएका व्यक्ति र सम्पर्कबाट टाढा रहेका समुदाय विपद्का बेला धेरै पटक अदृश्य रहन्छन् । त्यसैले राहत वितरण पहुँच, चिनजान वा दृश्यताका आधारमा होइन, वास्तविक आवश्यकता र जोखिमका आधारमा हुनुपर्छ । चेतावनी मोबाइल सन्देशमा मात्र सीमित हुनु हुँदैन । साइरन, एफएम रेडियो, स्थानीय प्रहरी, वडा कार्यालय र समुदायका स्वयंसेवकसम्म पुग्नुपर्छ । प्रविधि असफल भए पनि सूचना पुग्ने वैकल्पिक माध्यम रहनुपर्छ र चेतावनी आएपछि के गर्ने भन्ने समुदायले पहिल्यै अभ्यास गरेको हुनुपर्छ ।यस विपद्ले वैज्ञानिक अनुसन्धानको भूमिका र सीमाबारे पनि सोच्न बाध्य बनाएको छ । यस लेखका सहलेखक बादल पोखरेलले रसुवालगायत हिमाली क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि गरेको पहिरोसम्बन्धी अनुसन्धानले एउटा महत्त्वपूर्ण कुरा देखाउँछ– सांख्यिकीय विश्लेषण र जोखिम नक्सांकनमार्फत जोखिम कहाँ बढी छ भनेर पहिचान गर्नु मात्र पर्याप्त हुँदैन । यस्ता अध्ययन अत्यन्त आवश्यक छन्, तर अब अनुसन्धानलाई नक्सा र मोडलभन्दा अगाडि लैजानुपर्छ, जहाँ जमिनको वास्तविक अवस्था, स्थानीय अनुभव र समुदायको आवाज पनि जोखिम बुझ्ने प्रक्रियाको अभिन्न हिस्सा बनून् । त्यसैगरी, सहलेखक स्वेता बानियाँको विगत १५ वर्षदेखिको सूचना, सञ्चार र समुदायसम्बन्धी अध्ययन तथा अनुभवले के देखाउँछ भने, जोखिमको समयमा सही सूचना नै जीवन जोगाउने महत्त्वपूर्ण आधार बन्न सक्छ । रसुवा बाढीमा करिब ३० मिनेटअघि मात्र पुगेको चेतावनीले ज्यान जोगाउन पर्याप्त समय नदिएको हामीले देखिसकेका छौं । त्यसैले विपद् भइसकेपछि सरकार आएर सबैको एकैचोटि उद्धार गर्नुपर्ने अवस्थासम्म पुग्नुभन्दा अगाडि नै सरकारले समुदाय, स्थानीय निकाय र नागरिक समाजसँग मिलेर पूर्वतयारी, सूचना प्रवाह र जिम्मेवारीको स्पष्ट व्यवस्था बनाउन जरुरी छ । चेतावनी आएपछि मानिस कहाँ जाने, सडक बन्द भए वैकल्पिक बाटो के हो, वृद्धवृद्धा, बालबालिका, अपांगता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य सीमान्तकृत समूहलाई कसरी सुरक्षित ठाउँमा पुर्‍याउने र स्थानीय तहमा उद्धार कसरी सुरु गर्ने भन्ने प्रश्न पनि अनुसन्धानसँग जोडिनुपर्छ । यसका लागि नियमित सामुदायिक अभ्यास आवश्यक छ । विपद्सम्बन्धी ज्ञान विद्यालय तहदेखि नै समुदायसम्म समेटिनुपर्छ । बालबालिकाले सुरक्षित स्थान, प्रकोपका संकेत, आपत्कालीन सम्पर्क र परिवारको पूर्वयोजना बुझेर हुर्किन पाउनुपर्छ । समुदायमा निकासी अभ्यास, सुरक्षित भेला हुने स्थानको पहिचान र स्थानीय स्वयंसेवकको तयारीले चेतावनीलाई व्यवहारमा रूपान्तरण गर्न सक्छ । पूर्वसूचनालाई कसरी प्रभावकारी बनाउने ? नेपालमा वर्षा, बाढी र वर्षाजन्य पहिरोका लागि विभिन्न पूर्वसूचना प्रणाली विकास भएका छन् । अब हिमाली जोखिमको शृंखलाबद्ध प्रकृतिलाई पनि तिनमा समेट्नुपर्छ । यसको अर्थ नयाँ प्रणाली शून्यबाट बनाउनु होइन, भइरहेका प्रणालीमार्फत् सूचना प्रवाहलाई अझ गतिशील, पहुँचयोग्य र समावेशी बनाउनुपर्छ । हिमनदी र हिमतालको भूउपग्रह निगरानी, जोखिमयुक्त ढलानको गतिविधि, नदीको जलस्तर र असामान्य भूकम्पीय संकेतलाई एउटै साझा प्रणालीमा ल्याउन सकिन्छ । माथिल्लो जलाधारमा असामान्य कम्पन, अचानक नदी अवरोध वा पानीको सतहमा तीव्र परिवर्तन देखिए तल्लो क्षेत्रका स्थानीय तह, सुरक्षा निकाय र समुदायसम्म तुरुन्त सूचना पुग्ने स्पष्ट 'प्रोटोकल' आवश्यक छ । चेतावनी मोबाइल सन्देशमा मात्र सीमित हुनु हुँदैन । साइरन, एफएम रेडियो, स्थानीय प्रहरी, वडा कार्यालय र समुदायका स्वयंसेवकसम्म पुग्नुपर्छ । प्रविधि असफल भए पनि सूचना पुग्ने वैकल्पिक माध्यम रहनुपर्छ र चेतावनी आएपछि के गर्ने भन्ने समुदायले पहिल्यै अभ्यास गरेको हुनुपर्छ । अशक्त व्यक्ति, महिला, बालबालिका र सीमान्तकृत समुदायलाई पनि यस्ता अभ्यासमा सक्रिय रूपमा सहभागी गराउन सके मात्र हामीले विपद्सँग जुध्ने सामुदायिक क्षमता बलियो बनाउन सक्छौं । यो समस्या नेपालभित्र मात्र सीमित छैन । हिमाली नदी प्रणाली चीनबाट नेपाल हुँदै भारततर्फ बग्छन् । माथिल्लो जलाधारमा भएको घटनाको प्रभाव छोटो समयमा सीमा पार गर्न सक्छ । त्यसैले नेपाल, चीन र भारतबीच नदी बहाव, हिमनदी, हिमताल, पहिरो र असामान्य घटनासम्बन्धी सूचना आदानप्रदान अझ बलियो बनाउनुपर्छ । सीमावर्ती नदीमा वास्तविक समयको सूचना साझेदारी, संयुक्त जोखिम नक्सांकन र आकस्मिक घटनाका लागि स्पष्ट सम्पर्क बिन्दु आवश्यक छन् । नदीले राजनीतिक सीमा चिन्दैन, जोखिम र सूचना पनि सीमाभित्र बन्द हुन सक्दैन । पुनर्निर्माण मात्र होइन, पुनःस्थापना भदौ १० को घटनाले स्पष्ट पाठ दिएको छ । हिमाली जोखिम बदलिँदै छ, त्यसैले हाम्रो विज्ञान, पूर्वसूचना, सञ्चार, राहत र पुनर्निर्माणको अभ्यास पनि बदलिनुपर्छ ।अबको अर्को ठूलो प्रश्न पुनर्निर्माण हो । पुरानै ठाउँमा पुरानै घर बनाउनु मात्र समाधान होइन । नयाँ नदी मार्ग, अस्थिर ढलान, भविष्यको बाढी जोखिम र पहुँचको अवस्था हेरेर कुन ठाउँमा पुनःबसोबास सुरक्षित हुन्छ भन्ने निर्णय गर्नुपर्छ । यस प्रक्रियामा प्रदेश सरकारले स्थानीय समुदायसँग नजिकबाट समन्वय र सहकार्य गर्दै उनीहरूको अनुभव, आवश्यकता र प्राथमिकतालाई निर्णय प्रक्रियामा समेट्नुपर्छ । तर मानिसलाई 'यो ठाउँ असुरक्षित छ, यहाँ नबस्नुस्' भन्नु मात्र पर्याप्त हुँदैन । पुनःस्थापना गर्दा सुरक्षित घरसँगै जीविकोपार्जनको विकल्प, रोजगारी, बजार, विद्यालय, स्वास्थ्य सेवा र यातायातको पहुँच पनि दिनुपर्छ । आफ्नो खेत, काम र सामाजिक सम्बन्ध छोडेर नयाँ ठाउँमा स्थापित गर्नु राम्रो होइन । नयाँ ठाउँमा जानुपर्ने परिवारका लागि आर्थिक भविष्य सुनिश्चित नगरी गरिएको पुनर्वास दिगो हुँदैन । भदौ १० को घटनाले स्पष्ट पाठ दिएको छ । हिमाली जोखिम बदलिँदै छ, त्यसैले हाम्रो विज्ञान, पूर्वसूचना, सञ्चार, राहत र पुनर्निर्माणको अभ्यास पनि बदलिनुपर्छ । हामीले हरेक पहिरो वा बाढी रोक्न नसकौंला, तर क्षति घटाउन सक्छौं । जोखिम बुझ्न, समुदायसँग अभ्यास गर्न, सही सूचना समयमै पुर्‍याउन, सीमापार सहकार्य बलियो बनाउन र राहत तथा पुनःस्थापनामा अदृश्य मानिसलाई पनि केन्द्रमा राख्न सक्छौं । अबको बाटो जोखिमको अध्ययनमा मात्र सीमित हुने होइन । सिक्ने, अभ्यास गर्ने, समुदायलाई तयार बनाउने, सञ्चार सुधार्ने र अर्को विपद् आउँदा कसैलाई पनि सूचना, उद्धार, राहत वा पुनःस्थापनाबाट बाहिर नपार्ने व्यवस्था निर्माण गर्ने हो । बादलपोखरेल अस्ट्रेलियाको सिड्नीस्थित 'समक्लाइमेट' मा 'हेड अफ डेटा साइन्स एन्ड रिसर्च' का रूपमा कार्यरत छिन् । स्वेताबानियाँ अमेरिकाको 'भर्जिनिया टेक' की एसोसिएट प्रोफेसर हुन् । आकाशआचार्य रसुवाका स्थानीय 'इन्जिनियरिङ जियोलोजिस्ट' हुन्। यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि.सेन्ट्रल बिजनेस पार्क, थापाथलीकाठमाडौं, नेपाल
क्षति न्यूनीकरणका आगामी रणनीति
View on original source
Share
Archive
Like

(0)Comments

 

Related Opinion

A note on cookies

Newshunt uses essential cookies to keep you signed in and to remember your language and country, so the site works the way you expect. With your permission, we'd also like to use analytics cookies to understand how people use Newshunt and improve it over time.

Accepting only affects analytics. To learn more, view our Privacy Policy or Terms & Conditions.