सम

सम्पादकीय

स्वस्थ र सुरक्षित वातावरण : गर्भवती र सुत्केरीको अधिकार

Image
बलियो भरोसा दिन सक्ने र आत्मबल बढाउन सक्ने व्यक्तिको साथले गर्भावस्था अवस्था तुलनात्मक रूपमा सहजै व्यतीत हुन सक्छ । तर १० भदौको बाढीले कैयौं गर्भवती महिलालाई श्रीमान् र परिवारबाट अलग्याइदिएको छ । एक्लै पारिदिएको छ । परिवार वरपर भए पनि कतिपयले आफ्नो थातथलो गुमाउनुपरेको छ । जस्तोसुकै अवस्थामा पनि जन्म र मृत्युको प्रक्रिया चलिरहन्छ । भोटेकोशीको बाढीले निम्त्याएको विपद्मा परी १३ सयभन्दा बढीको निधन भएको पुष्टि भइसकेको छ, झन्डै पाँच हजार अझै सम्पर्कविहीन छन् । यो भयावह अवस्थाका बीच पनि कैयौं गर्भवती निकट समयमै सन्तान जन्माउने प्रक्रियामा छन्, कतिपयले जन्माइसकेका छन् । विपद्अघि सुत्केरी भएका र विपद्बाट जोगिएकाहरू अहिले आफू र सन्तानको सुरक्षाका निम्ति संघर्ष गरिरहेका छन् । निकटका व्यक्तिलाई गुमाएका बाढीपीडित गर्भवती तथा सुत्केरी महिलाले भने अतिरिक्त कठिनाइ खेप्नुपरेको छ । जीवनकै विशिष्ट अवस्थामा रहेका तर विपद्ले झनै जटिलता थपिदिएका महिलालाई स्वस्थ र सुरक्षित वातावरण तयार गरिदिनु राज्य, सरोकारवाला संघसंस्था तथा स्थानीय नागरिकको दायित्व हो । गर्भवती अवस्था श्रीमान्लगायत निकटका व्यक्ति र उनीहरूको अतिरिक्त रेखदेखमा बिताउनुपर्ने समय हो । यस्तो अवस्थामा जुनसुकै बेलामा शारीरिक समस्या उत्पन्न हुन सक्छ । त्यसबारे खुलेर कुरा गर्न सकिने र तत्कालै चिकित्सकको पहुँचमा पुर्‍याउन सक्ने व्यक्तिहरूको निकटता चाहिन्छ । अर्कोतर्फ, यो अवस्था शारीरिक विषय मात्रै होइन । महिलाले प्रशस्तै भावनात्मक चरणहरूबाट व्यतीत हुनुपर्छ । उनीहरूको भावनात्मक पक्षलाई बुझिदिने मानिस पनि साथमै चाहिन्छ । बलियो भरोसा दिन सक्ने र आत्मबल बढाउन सक्ने व्यक्तिको साथले गर्भावस्था अवस्था तुलनात्मक रूपमा सहजै व्यतीत हुन सक्छ । तर १० भदौको बाढीले कैयौं गर्भवती महिलालाई श्रीमान् र परिवारबाट अलग्याइदिएको छ । एक्लै पारिदिएको छ । परिवार वरपर भए पनि कतिपयले आफ्नो थातथलो गुमाउनुपरेको छ । बच्चा जन्माउने क्रममा वा जन्मिएपछि पनि शारीरिक–मानसिक समस्या देखिन सक्छ । कतिपय सुत्केरी महिलामा 'बेबी ब्लुज' देखि 'पोस्टपार्टम डिप्रेसन' सम्म देखिन सक्छ । विपद् भोगेका गर्भवती र सुत्केरीको मानसिक स्वास्थ्य झनै कमजोर हुन सक्छ ।सुत्केरी महिलाको चुनौती धेरै हुन्छन् । स्वयं र बच्चाको स्वास्थ्य र सुरक्षा गर्नुपर्ने हुन्छ । आमालाई पर्याप्त निद्रा, आराम र पोषणयुक्त खाना चाहिन्छ । आसपासमा निकटका व्यक्ति चाहिन्छ । सहज महसुस गर्न सक्ने वातावरण चाहिन्छ । नुहाउने, लुगा धुने तथा स्तनपान गराउने कामसम्ममा गोपनीयता पनि चाहिन्छ । आमाले हरेक क्षण शारीरिक र मानसिक सुरक्षाको अनुभूति गर्नुपर्छ । त्यसले मात्रै उनलाई मानसिक रूपमा सबल राख्न मद्दत गर्छ । मानसिक र शारीरिक सबलताको लाभ बच्चाले पाउन सक्छ । अर्कोतर्फ, बच्चाले पनि स्वस्थ वातावरण पाउनुपर्छ । आमाको दूध पर्याप्त खान पाउनुपर्छ । संक्रमण नहुने वातावरणको सुनिश्चित हुनुपर्छ । आवश्यकताअनुसार तोकिएका खोप प्राप्त गर्नुपर्छ । अनि मात्रै हुर्काइ र वृद्धि विकास समयानुकूल हुन्छ । बाढीबाट जोगिए पनि धेरै महिला त्रासमा छन् । निकटका व्यक्ति गुमाउनेहरू मानसिक रूपमा पनि कमजोर बनेका हुन सक्छन् । उसै पनि गर्भवती र सुत्केरी अवस्था मानसिक रूपमा पनि संवेदनशील हुने गर्छ । सामान्य वातावरणमा रहेका गर्भवती महिलामा पनि चिन्ता, तनाव र 'के होला' भन्ने डर हुन्छ । शारीरिक जटिलताले थप चिन्ता ल्याउन सक्छ । अर्कोतर्फ, बच्चा जन्माउने क्रममा वा जन्मिएपछि पनि शारीरिक–मानसिक समस्या देखिन सक्छ । कतिपय सुत्केरी महिलामा 'बेबी ब्लुज' देखि 'पोस्टपार्टम डिप्रेसन' सम्म देखिन सक्छ । विपद् भोगेका गर्भवती र सुत्केरीको मानसिक स्वास्थ्य झनै कमजोर हुन सक्छ । त्यसैले पनि अहिले आश्रयस्थलमा बसेकाहरूको शारीरिक स्वास्थ्यका अतिरिक्त मानसिक स्वास्थ्यलाई ख्याल गरिनुपर्छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) ले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित १५ स्थानीय तहमा करिब ४ हजार ४ सय ३० गर्भवती महिला रहेको अनुमान गरेको छ । आगामी एक महिनामा करिब ४ सय ९२ शिशु जन्मिन सक्ने र करिब ७४ महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने यूएनएफपीएको आकलन छ । उनीहरू सबै स्वस्थ र सुरक्षित वातावरणका हकदार हुन् । तर, भोटेकोशी बाढीको विपद्पछि स्वास्थ्य प्राथमिकतामा पर्न सकेको छैन– स्वयंका निम्ति र सरोकारवाला निकायका निम्ति पनि । काबुबाहिरको बाध्यताले गर्दा यस्तो भएको बुझ्न सकिन्छ । तर यस्तै अवस्था लम्बिनु भनेको बाध्यताभन्दा सरोकारवालाको बेवास्ता हो । अब भने गर्भवती र सुत्केरीलाई यथोचित वातावरण उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिनुपर्छ । बाढीपछि आश्रयस्थलमा बस्न बाध्य भएका गर्भवती वा सुत्केरीले अस्वस्थ वातावरणमा बस्नुपरेको छ । विपद्बाट जोगिएर जसोतसो आश्रयस्थलसम्म पुगेका उनीहरूले पोषणयुक्त खाना खान पाएका छैनन् । गर्भवती, सुत्केरी वा बच्चाहरूका निम्ति विशेष खाना छैन । स्वस्थ वातावरण पनि छैन । कतिपय आश्रयस्थलमा रहेका सुत्केरीले दर्जनौं अपरिचित मानिससँग एउटै छानामुनि बस्नुपरेको छ । ती त्यस्ता अपरिचित मानिस हुन्, जसमा स्वयं पीडित, दुःखित, निराश र अन्योलग्रस्त हुने सम्भावना उच्च छ । उनीहरूका कतिपय गतिविधि तथा व्यवहारले गर्भवती, सुत्केरी र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । यसले बाढीपछि पनि उनीहरू जोखिममै रहेको प्रस्ट पार्छ । गर्भवती, सुत्केरी वा उनीहरूका बालबालिकाको आवश्यकता अन्यभन्दा फरक हुन्छन् । विशेष र विशिष्ट हुन्छन् । त्यसैले उनीहरूलाई अन्य विस्थापित व्यक्तिभन्दा विशेष व्यवहार र साथ चाहिन्छ । स्वस्थ र सुरक्षित वातावरण पाउनु उनीहरूको अधिकार हो । खासगरी उद्धारपछि आश्रयस्थलमा राखिएपछि यो पक्षलाई ध्यान दिनैपर्छ । उनीहरूलाई गोपनीयता कायम हुने गरी अलग्गै राखिनुपर्छ । त्यहाँ हिंसा नहुने सुनिश्चित गरिनुपर्छ । कतिपय औषधि गर्भावस्था र सुत्केरीपछि पनि निरन्तर खाइरहनुपर्छ । विपद्ले त्यसलाई विच्छेद गरेको हुन सक्छ । आकस्मिक स्वास्थ्य उपचार चाहिन सक्छ । त्यसैले स्वास्थ्योपचारमा सहज पहुँच स्थापित गरिनुपर्छ । उनीहरूलाई आवश्यक पर्ने सेनेटरी प्याड लगायतका आवश्यक सामग्रीलाई पनि आधारभूत आवश्यकताका रूपमा वितरण गरिनुपर्छ । विपद्पछिको अवस्था भएकाले मनोवैज्ञानिक परामर्श सेवाउपलब्ध गराउनुपर्छ । सम्पादकीयकान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
स्वस्थ र सुरक्षित वातावरण : गर्भवती र सुत्केरीको अधिकार
View on original source
Share
Archive
Like

(0)Comments

 

Related Opinion

A note on cookies

Newshunt uses essential cookies to keep you signed in and to remember your language and country, so the site works the way you expect. With your permission, we'd also like to use analytics cookies to understand how people use Newshunt and improve it over time.

Accepting only affects analytics. To learn more, view our Privacy Policy or Terms & Conditions.