सि

सिर्जना काफ्ले

विपद्‌मा ‘इकोफेमिनिज्म' को बहस

Image
नेपालमा हिमपहिरो, हिमताल विस्फोट अनियमित मनसुन र बढ्दो खडेरीले ग्रामीण समुदायको जीविकोपार्जनलाई प्रत्यक्ष असर पारिरहेको छ । तर यसको प्रभाव लैंगिक रूपमा समान छैन । विपद्को समयमा महिला, बालिका र सीमान्तकृत समूहको मृत्युदर र जोखिम अनुपातिक रूपमा उच्च रहने गरेको प्रमाणहरू पाइन्छन् । हिमपहिरो, भूक्षय र पानीका मुहान सुक्ने वा सर्ने समस्याले रसुवाका ग्रामीण महिलाको दैनिक जीवन र श्रमलाई प्रत्यक्ष प्रभावित गरेको छ । उनीहरूमा बिहान सबेरैदेखि टाढाका मुहानबाट खानेपानी र सिँचाइको जोहो गर्न भौंतारिनुपर्ने तथा विपद्को जोखिम र क्षतिले थपिएको बोझका कारण रातिको समयमा समेत व्यवस्थापनमा खटिनुपर्ने बाध्यता बढेको छ । अर्कोतर्फ, पुँजीवादी पितृसत्ताको एक मात्र उद्देश्य प्रकृतिमाथिको दोहन गरेरै भए पनि नाफा कमाउने राजनीतिक व्यवस्था स्थापित गर्ने र सीमान्तकृतहरूलाई पाखा लगाउने दाउपेचका कारण महिला र प्रकृतिमाथि अन्याय भएको छ । प्रकृतिमाथिको चरम दोहन र महिलामाथि थपिएको श्रम तथा सामाजिक उत्पीडन एउटै संरचनागत समस्याका दुई पाटा हुन् भन्ने यथार्थलाई यस्ता विपद्हरूले प्रस्ट्याएको छ । वातावरणीय विनाशले निम्त्याउने विपद् र त्यसले महिलाको जीवनमा पार्ने असमान असरलाई राजनीतिक र विश्लेषणात्मक रूपमा जोडेर सम्बोधन गर्ने दृष्टिकोणलाई 'इकोफेमिनिज्म' वा 'पर्यावरणीय महिलावाद' भनिन्छ । नेपालमा पटक–पटक भएको विध्वंसकारी विपद्का घटनालाई अब कुनै न कुनै सैद्धान्तिक आधारबाट छलफल गर्नु आवश्यक देखिन्छ । इकोफेमिनिज्म शब्द फ्रान्सेली लेखिका फ्राँस्वा द'इउबोनले सन् १९७४ मा आफ्नो पुस्तकमा प्रयोग गरेकी थिइन् । उनको तर्क थियो– पितृसत्तात्मक समाजले जसरी महिलाको शरीर, श्रम र स्वायत्ततामाथि नियन्त्रण गर्छ, त्यसैगरी प्रकृतिलाई पनि एउटा उपयोग गर्नुपर्ने स्रोतका रूपमा हेर्छ । दुवैलाई वस्तुकरण गरिन्छ, दुवैको उर्वरताको शोषण गरिन्छ र दुवैलाई निर्णय प्रक्रियाबाट बाहिर राखिन्छ । नेपाली सन्दर्भमा महिलाको प्रकृतिसँगको नाता जैविकभन्दा बढी सामाजिक–आर्थिक बाध्यताको उपज हो । नेपाली समाजमा महिला र प्रकृतिको अन्तरसम्बन्ध नेपालको ग्रामीण अर्थतन्त्र प्रत्यक्ष रूपमा प्राकृतिक स्रोतमा आधारित छ र यस अर्थतन्त्रको मेरुदण्ड महिला नै हुन् ।पछि भारतीय भौतिकशास्त्री तथा वातावरणविद् बन्दना शिवा र जर्मन समाजशास्त्री मारिया मिज जस्ता विचारकहरूले यो अवधारणालाई थप व्यावहारिक रूप दिए । शिवाको भनाइमा महिला प्रकृतिसँग जैविक रूपमा जोडिएका होइनन् तर उनीहरूको दैनिक श्रम, पानी ल्याउने, दाउरा बटुल्ने, बीउ जोगाउने, माटो हेरचाह गर्ने कार्यले उनीहरूलाई पारिस्थितिक ज्ञानको भण्डार बनाएको छ । यसैले इकोफेमिनिज्मले दुई प्रमुख विचारधारा बोकेको पाइन्छ । नेपाली सन्दर्भमा महिलाको प्रकृतिसँगको नाता जैविकभन्दा बढी सामाजिक–आर्थिक बाध्यताको उपज हो । नेपाली समाजमा महिला र प्रकृतिको अन्तरसम्बन्ध नेपालको ग्रामीण अर्थतन्त्र प्रत्यक्ष रूपमा प्राकृतिक स्रोतमा आधारित छ र यस अर्थतन्त्रको मेरुदण्ड महिला नै हुन् । नेपाल सरकारका विभिन्न अध्ययनअनुसार कृषि क्षेत्रमा लाग्ने कुल श्रमको ठूलो हिस्सा महिलाले ओगटेका छन्, विशेषगरी बाली रोप्ने, गोडमेल गर्ने, बीउ छनोट गर्ने र भण्डारण गर्ने काम । दाउरा, घाँस र पानी संकलन जुन घरायसी ऊर्जा र पशुपालनका लागि अपरिहार्य छ, यो कार्य लगभग पूर्ण रूपमा महिला र किशोरीहरूकै जिम्मामा रहेको छ । वन क्षेत्रमा निर्भर समुदायहरूमा, विशेषगरी पहाडी र हिमाली भेगमा, महिलाले धेरै समय वन उपजमा नै खर्च गर्नुपर्ने अवस्था छ । यसको अर्थ स्पष्ट छ, जब वन विनाश हुन्छ, नदी सुक्छ वा हावापानी परिवर्तनका कारण खडेरी बढ्छ, त्यसको प्रत्यक्ष भार पुरुषभन्दा महिलाको काँधमा बढी पर्छ । महिलाले हिँड्नुपर्ने दूरी लम्बिन्छ, समय बढी लाग्छ र शारीरिक तथा स्वास्थ्य जोखिम बढ्छ । यसरी वातावरणीय संकट लैंगिक संकटमा रूपान्तरण हुन्छ । सामुदायिक वन कार्यक्रमको सफलताका लागि नेपाल विश्वकै अगुवा मानिन्छ । सुरुका दशकहरूमा वन उपभोक्ता समूहमा नेतृत्व र निर्णय प्रक्रिया लगभग पूर्ण रूपमा पुरुषकेन्द्रित थियो, पछि महिला मात्र वन उपभोक्ता समूहको अवधारणा अघि सारियो, जुन आज नेपालमा हजारौंको संख्यामा सक्रिय छन् । अध्ययनहरूले देखाएका छन्, जहाँ महिलाको नेतृत्व र सहभागिता बलियो छ, त्यहाँ वन संरक्षणको दर उच्च छ, नियमको पालना राम्रो छ र सामुदायिक कोषको उपयोग स्वास्थ्य, शिक्षा र खानेपानीजस्ता आधारभूत आवश्यकतामा बढी लक्षित हुन्छ । नेपालमा हिमपहिरो, हिमताल विस्फोट अनियमित मनसुन र बढ्दो खडेरीले ग्रामीण समुदायको जीविकोपार्जनलाई प्रत्यक्ष असर पारिरहेको छ । तर यसको प्रभाव लैंगिक रूपमा समान छैन । विपद्को समयमा महिला, बालिका र सीमान्तकृत समूहको मृत्युदर र जोखिम अनुपातिक रूपमा उच्च रहने गरेको प्रमाणहरू पाइन्छन् । किनभने गतिशीलता, सूचनामा पहुँच र निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सीमित छ । नेपालमा इकोफेमिनिज्मको छलफल गर्दा एउटा कुरा बिर्सन मिल्दैन । नेपाली महिला विविधतामा आधारित समूह हो । दलित, जनजाति, मधेशी, मुस्लिम र पहाडी उच्च जातका महिलाको प्राकृतिक स्रोतमाथिको पहुँच र नियन्त्रण फरक–फरक छ । यसैले नेपाली इकोफेमिनिज्मले पश्चिमा सैद्धान्तिक ढाँचालाई जस्ताको तस्तै लागू गर्नेभन्दा जात, वर्ग, जातीयता र भूगोलको जटिलतासँग जोडेर हेर्नुपर्ने आवश्यकता देखिन्छ । नेपालको संविधान, २०७२ ले लैंगिक समानता र वातावरणीय अधिकार दुवैलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । वन नीति, जलवायु परिवर्तन नीति राष्ट्रिय अनुकूलन योजना र स्थानीय तहका योजनाहरूमा पनि लैंगिक समावेशीकरणलाई प्राथमिकता दिइएको देखिन्छ । स्थानीय सरकार सञ्चालन ऐनले वडा तहमा महिला सदस्यको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरेको छ, जसले वातावरणीय निर्णय प्रक्रियामा महिलाको औपचारिक उपस्थिति बढाएको छ । तर व्यवहारमा चुनौती अझै धेरै छन् । इकोफेमिनिज्मको नेपाली संस्करण निर्माण गर्नका लागि केही ठोस दिशाहरू महत्त्वपूर्ण देखिन्छन् । महिला नेतृत्वलाई संस्थागत गर्ने जस्तै : सामुदायिक वन, खानेपानी उपभोक्ता समिति र कृषि सहकारीमा महिलाको न्यूनतम प्रतिनिधित्व मात्र नभई निर्णायक भूमिका सुनिश्चित गर्नुपर्छ । परम्परागत ज्ञानलाई मान्यता दिने, बीउ संरक्षण, मिश्रित खेती र स्थानीय पारिस्थितिक ज्ञानलाई वैज्ञानिक नीति निर्माणसँग जोड्नुपर्छ । त्यस्तै, इन्टरसेक्सनल दृष्टिकोण अपनाउने, नीति तर्जुमा गर्दा जात, वर्ग, जातीयता र भूगोलको भिन्नतालाई ध्यानमा राख्ने, शिक्षा र सीप विकासमा लगानी, विशेषगरी जलवायु अनुकूलन र प्राविधिक तालिममा किशोरी र महिलाको सहभागिता बढाउने काम गर्नुपर्छ । निष्कर्षमा, इकोफेमिनिज्मले हामीलाई सिकाउने मूल विषय हो– प्रकृतिको दोहन र महिलामाथि हुने अन्यायसँग गाँसिएका छन्, यी दुवै समस्याको समाधान पनि सँगसँगै खोज्नुपर्छ । नेपालको सन्दर्भमा यो कुनै अमूर्त सिद्धान्त होइन, बरु दैनिक जीवनको यथार्थ हो, जुन धान खेतमा गोडमेल गर्ने आमाको पसिनामा, जंगलबाट दाउरा बोकेर फर्किने किशोरीको थकानमा र खडेरीले सुकेको मुहानमा पानी खोज्दै हिँड्ने दिदीबहिनीको यात्रामा प्रतिविम्बित हुन्छ । यदि नेपालले साँच्चै दिगो विकास र लैंगिक समानता हासिल गर्ने हो भने वन, पानी, जमिन र जलवायुसम्बन्धी हरेक नीति र निर्णयमा महिलाको आवाज र नेतृत्वलाई केन्द्रमा राख्नुको विकल्प छैन । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
विपद्‌मा ‘इकोफेमिनिज्म' को बहस
View on original source
Share
Archive
Like

(0)Comments

 

Related Opinion

A note on cookies

Newshunt uses essential cookies to keep you signed in and to remember your language and country, so the site works the way you expect. With your permission, we'd also like to use analytics cookies to understand how people use Newshunt and improve it over time.

Accepting only affects analytics. To learn more, view our Privacy Policy or Terms & Conditions.